Thursday, January 15, 2026

१४ वर्ष नपुगेकाले एसइई दिन नपाउँने भएसँगै दोलखामा धमाधम जन्मदर्ता सच्याउदै विद्यार्थी


अगेनो न्यूज ः पुस ४- राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा गरेका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेसँगै दोलखाका १० जना विद्यार्थीहरुले जन्मदर्ता सच्याउनु पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १४वर्ष उमेर पूरा गरेका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दै विद्यालयलाई सर्कुलर जारी गरेसँगै दोलखाका १० जना विद्यार्थीहरुले जन्मदर्ता संसोधन गर्नु परेको शिक्षा विकास तथा समन्वय ईकाइ दोलखाका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । उहाँँका अनुसार १४ वर्ष उमेर पूरा नगरेका १० जना विद्यार्थी मध्ये ७ जनाले जन्मदर्ता संसोधन गरि सक्नु भएकोछ  भने  बाँँकीले पनि जन्मदर्ता संसोधन गर्नु पर्ने भएको छ । कक्षा १ मा भर्ना हुँदा प्रयोग भएका अभिलेख स्थानीय पञ्जिकाधिकारीलाई उपलब्ध गराई जन्मदर्तामिलान गर्न सकिने व्यवस्थान अनुसारनै विद्यार्थीहरुले जन्मदर्ता संसोधन गर्नुभएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like