Saturday, November 8, 2025

यी चार प्रदेशबाट मनसुन बाहिरिन शुरू



अगेनो सम्वादाता ः असोज २०-नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू गरेको पाईएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यसपालि केही ढिला गरेर मनसुन बाहिरिन शुरू गरेको हो । मनसुन बाहिरिने समयमा अस्ति शुक्रवारदेखि आइतवार बिहानसम्म देशका धेरैजसो ठाउँमा वर्षा भएको थियो ।नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिएको २३औं दिनमा असार ६ गते देशभर फैलिएको थियो । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like