- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर १८- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर १ देउरालीस्थित चरिकोट–कालिञ्चोक भित्री सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुदाँ मकवानपुरका एक दम्पती घाइते हुनुभएको छ । चरिकोट–कालिञ्चोक भित्री सडकमा कालिञ्चोकबाट चरिकोटतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००५प ७२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटनाहुदाँ चालक मकवानपुर, मनहरी गाउँपालिका ५ डिल्लीपुरका ३० वर्षिय विवेक रिजाल र पछाडि सवार श्रीमती २८वर्षीया दुर्गा तिमल्सिना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा चालक रिजालको दायाँ खुट्टा चोटिएको छ भने तिमल्सिनाको दायाँ घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उहाँहरूको च्छो–रोल्पा अस्पताल चरिकोटमा उपचार भइरहेको छ।