- by agenonews
- Jul 23, 2025
अगेनो न्यूज ःमंसिर १९- स्वस्थ माटोका लागि स्वस्थ गाउँ शहर’ भन्ने नारा सहित १२ औँ विश्व माटो दिवस दोलखामा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । माटो दिवसको अवसरमा ग्रामिण विकास टुकी संघ दोलखाले माटोको नमुना परिक्षण गदाँ माटोको पि.एच.मान तदस्थ देखिएको जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ४ का कृषक देव बहादुर कार्की र विगु गाउँपालिका वडा नम्वर ५का कृषक जनक कुमारी मगरलाई नगद ५ हजार रुपैयाँ सहित प्रशंसा पत्र गरिएको ग्रामिण विकास टुकी संघ दोलखाले जनाएको छ । ग्रामिण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संघको माटो प्रयोगशालाका प्राविधिक दावा तमाङले दोलखा जिल्लाको पालिका स्तरमा भएको माटोको परिक्षणको अवस्थाबारे जानकारी गराउनु भएको थियो । टुकी संघको आयोजनमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर,संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ,कृषि विकास सम्पर्क कार्यालय दोलखाका कृषिप्रसार अधिकृत गीता पुन र ग्रामिण विकास संघ दोलखाका मील अधिकृत श्यामकुमार दाहालले लगायतले मन्तवय व्यक्त गर्नुभएको थियो । त्यसैगरी दिवसको सन्दर्भमा कालिञ्चोक गाउँपालिका वडा नम्वर १ देखी वडा नम्वर ४ सम्म र विगु गाउँपालिका वडा नम्वर ४देखि वडा नम्वर ८ सम्म माटो परिक्षण सम्वन्धीत विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको छ । ग्रामीण विकास टुकी संघ दोलखा, सिविन नेपालबाट सञ्चालित महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजनाको कार्य क्षेत्र अन्तर्गत विगु गाउँपालिका वडा नम्वर ४ लिंङवा र स्याँखुका ३० जना कृषकहरुलाई उनीहरुको नमुना माटोे परिक्षणको प्रतिवेदनको आधारमा ३ हजार १ सय ५० किल्लोग्राम माटो सुधारक कृषिचुन वितरण गरिएको ग्रामिण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालले जानकारी दिनुभयो ।