Thursday, January 15, 2026

दोलखामा जनसङ्ख्या भन्दा ३ हजार कम मतदाता ( तथ्याङक सहित )


अगेनो न्यूज ःमंसिर १७- दोलखामा मतदाता नामावलीमा नाम लेखाउनेको सङख्या १ लाख ६९ हजार भन्दा बढी पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्ला मंंसिर ५ गते सम्म मतदाता नामावलीमा नाम लेखाउनेको सङख्या १ लाख ६९ हजार ७ सय ६१ जना पुगेको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत  असोज महिनासम्म १ लाख ६३ हजार १ सय ३३ जना  मतदाता रहेकोमा  नयाँ ६ हजार ६ सय ८७ जना लेमतदाता नामावलीमा नाम लेखाएपछि यो सङख्या १ लाख ६९ हजार ७ सय ६१ पुगेको हो । जिल्लामा आगामी फागुन २० गते सम्म १८ वर्षको पुग्ने मतदाताको सङख्या भने आयोगले निधारण गरेर पठाउने निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा  २०७८ सालको जनगणना अनुसार जनसंख्या १ लाख ७२ हजार ७ सय ६७ रहेको छ । जिल्लामा मतदाता नामावलीमा नाम लेखाउनेको सङख्या जनसङख्या भन्दा ३ हजार ६ जना कमी रहेको पाईएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like