Thursday, January 15, 2026

दोलखामा १ हजार २ सय भन्दा बढी थपिए नयाँ मतदाता


अगेनो न्यूज ःमंसिर १ -दोलखामा कात्तिक ३० गते सम्म  १ हजार २ सय जना भन्दा बढि नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले पहिलो चरणमा कात्तिक ३० गते सम्म नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरे अनुसार जिल्लामा उक्त अवधिमा जिल्लामा १ हजार २ सय ७८ जना नयाँ मतदाता थपिनु भएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा उक्त अवधिमा पुरुष ७ सय ४७ जना, महिला ४ सय ७७जना र अन्य जिल्लाका ५४ जना गरि १ हजार २ सय ७८ जना नयाँ मतदाता थपिनु भएको हो । निवाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि पाँच दिन थप गरेको छ । पहिले कात्तिक ३०सम्म रहेकोमा अब मंसिर ५सम्म कायम हुनेछ । नेपाल सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि दोलखामा नयाँ मतदाता नामावलीमा नाम समावेश गराउनेहरुको उत्साहित देखिएका निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like