- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २२- दोलखाको विगु गाउँपालिका वडा नम्वर १ लप्चीको देउरालीमा भीषण पहिरो जादाँ लप्चीमा अलपत्र पर्नुभएका ६ जना पर्यटक नासा हाइड्रोपावरमा पुग्नुभएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ लामाबगरबाट ५ किलो मिटर टाढा रहेको देउरालीमा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएसँगै लप्ची पुग्नुभएका ४ जना विदेशी नागरिक र २ जना स्थानीय गाईड लप्चीमानै अलपत्र पर्नुभएको थियो । लप्ची पुग्नुभएका ४ विदेशी नागरिक र २ जना स्थानीय गाईड गरेर ६ जना अहिले विगु गाउँपालिकाको वडा नम्वर १ मा रहेको नासा हाइड्रोपावरमा सुरक्षित रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जनालाईनै नासा हाईड्रोपावरमा सुरक्षित राखिएको छ । सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुदाँ लप्ची बासीहरुका लागि आवात जावात गर्न समस्या भएको छ ।