- by agenonews
- Jun 19, 2025
नेपालद्वारा वेस्ट इन्डिजलाइ १४९ रनको लक्ष्य प्रस्तुत
यूएईको शारजाहा क्रीकेट स्टेडियममा आजदेखि सुरु भएको त्रीकोणात्मक सिरिजको पहिलो खेलमा नेपालद्वारा वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । T-20 सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । १२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।
खेलको दोश्रो इनिङमा ६ओभरको खेलमा २ विकेट गुमाउँदै ४० रन जोडेको छ ।