Thursday, January 15, 2026

एमाले महाधिवेशनमा ः पदाधिकारीदेखी केन्द्रिय र आयोग सदस्यसम्म दोलखाका १२ जनाको उम्मेद्वारी


अगेनो न्यूज ः पुस १- नेकपा एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनमा दोलखाबाट उपमहासचिव, सचिव देखि केन्द्रीय सदस्य तथा लेखा आयोगको सदस्य सम्म १२ जनाले उम्मेद्वारी दिनुभएको छ । जिल्लाबाट पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोखरेलले उपमहासचिवमा उम्मेद्वारी दिनुभएको छ भने केन्द्रिय सदस्य रचना खड्काले सचिवमा उम्मेद्वारी दर्ता गर्नुभएको छ ।त्यसैगरी जिल्लाबाट पार्वत गुरुङ,इश्वरी रिजाल,ईश्वरचन्द्र पोखरेल, श्यामकुमार बस्नेत,गणेश बस्नेत,उर्मीला सुनुवार र पर्शुराम बस्नेतले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिनुभएको हो । जिल्लाबाट शान्ति पाख्रिन,डिल्लिध्वज वराईली र पुर्णिमा खरेलले केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेद्वारी दिनुभएको नेकपा एमाले दोलखाले जनाएको छ ।  एमालेको केन्द्र,प्रदेश, जिल्ला तथा प्रवास कमिटीमा आवद्ध हुनुभएका जिल्लाका ४३ जना महाधिवेशनमा प्रतिनीधी सहभागी हुनुभएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like