Thursday, January 15, 2026

अपाङ्गता सामावेशी परियोजना अन्तरगत भीमेश्वर नगरपालिका स्तरीय बैठक सम्पन्न


अगेनो न्यूज ःमंसिर ९-दोलखाको सदरमुकाम चरिकोटमा अपाङगत सामावेशी परियोजना अन्तरगत भीमेश्वर नगरपालिकाका स्तरीय बैठक आज सम्पन्न भएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाको समन्वय,राष्ट्रिय अपाङग महासंघ,द एसिया फाउण्डेशन र अपाङगता दृष्टिबिहीन सेवा संघ दोलखाको साझेदारीमा नगरपालिकामा सञ्चालन भएको अपाङगता सामावेशी परियोजना सञ्चालनमा रहेको परियोजनाको नगरपालिका स्तरीय बैठक बसेको हो । भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको अध्यक्षतामा बसेको बैठकमा परियोजनाले हाल  सम्म गरेको गविधिका बारेमा जानकारी गराईएको थियो । बैठकले यस अघिका बैठकहरुको निर्णय कार्यन्वयन गर्ने निर्णय गरिएको छ ।बैठकमा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद सुवेदी,नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनीधी, पाङगता दृष्टिबिहीन सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तमाङ,संघका मखन पाण्डे,परियोजना अन्तरगतको गठन भएको पैरवी समुहको बैठकमा आवद्ध हुनुभएको अपाङगता भएका व्यक्तीहरुको समेत सहभागीता रहेको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like